काठमाडौं– संयुक्त राज्य अमेरिकाका एक चौथाइ नागरिकले मात्रै इरानमाथिको पछिल्लो आक्रमणलाई समर्थन गरेको एक सवेक्षणले देखाएको छ ।
रोयटर्स इप्सोसको उक्त सर्वेक्षणले प्रत्येक चारमध्ये एक जनाले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई समर्थन गरेका देखाएको हो ।
करिब ४३ प्रतिशत उत्तरदाताहरूले युद्धप्रति असहमति जनाए र २९ प्रतिशतले आफूहरू अनिश्चित रहेको बताएको प्राप्त समाचारमा उल्लेख छ ।
रिपब्लिकनहरूबीच समर्थन तुलनात्मक रूपमा बलियो देखिए पनि अत्यधिक थिएन। ५५ प्रतिशतले अमेरिका–इजरायलका आक्रमणहरूलाई समर्थन गरेको बताए, १३ प्रतिशतले असहमति जनाए र ३२ प्रतिशतले आफूहरू अनिश्चित रहेको बताए।
करिब ४२ प्रतिशत रिपब्लिकनहरूले आक्रमणका कारण ‘मध्यपूर्वमा रहेका अमेरिकी सैनिकहरू मारिने वा घाइते हुने’ अवस्था आएमा आफूहरूले उक्त आक्रमणलाई समर्थन गर्ने सम्भावना कम हुने बताएको प्राप्त समाचारमा उल्लेख छ ।









