काठमाडौं– कतार सरकारद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन स्थलमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकेको छ । यसलगत्तै युरोपेली ग्यासको मूल्यमा सोमबारदेखि वृद्धि भएको छ।

युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्यास सम्झौता’ अनुसार नै इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ युरोभन्दा माथि पुग्गेको छ ।

इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले यसको मूल्य २० प्रतिशतभन्दा धेरैले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय