भोजपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको पछिल्लो परिणमाअनुसार भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १४ हजार २४१ मत प्राप्त गरी अग्रता लिएका छन् ।

यसैगरी, नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले १२ हजार ३२२ मत प्राप्त गरी श्रमसंस्कृतिका उम्मेदवारलाई पछ्याउँदै छन् भने ८ हजार २०९ मत प्राप्त गरी नेपाली कांग्रेसका बालकृष्ण थापा तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिए ।

सो निर्वाचन क्षेत्रमा १ लाख २५ हजार ७६६ मतदाता रहेकामा ५८ हजार १६७ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका जम्मा १२ जना प्रत्यासी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय