काठमाडौं– यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रबाट व्यापक मतसहित जितेका छन् । रास्वपाबाट जितेका २० जना सांसद ३५ मुनिका छन् ।

यसैगरी, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको सूचीमा रहेको एउटा नाम हो– ३० वर्षीया सोविता गौतम । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मेकी उनी चितवन–३ बाट निर्वाचित भइन् । ३० वर्षको उमेरमा दोस्रोपटक सांसद बनेकी उनले २०७९ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौं–२ बाट जित हासिल गरेकी थिइन् ।

रूपन्देही–२ बाट ५६ हजार ५५० मतसहित २८ वर्षीय सुलभ खरेल निर्वाचित भए । २०५४ साल भदौमा बुटवलमा जन्मेका खरेलले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उम्मेदवार विष्णु पौडेललाई उछिनेर सांसद बने । उनी कानुनमा स्नातक हुन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित रास्वपाकी उम्मेदवार रुविना आचार्य पनि ३५ वर्षभन्दा कम उमेरकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालालाई पराजित गरिन् ।

काभ्रेपलाञ्चोक–२ बाट बदनकुमार भण्डारी ३३वर्षका छन् । रास्वपाकै उम्मेदवार २९ वर्षीया निशा डाँगी झापा–१ निर्वाचित भइन् । उनी यसअघिको प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्। २०५३ सालमा झापाको भद्रपुरमा जन्मेकी डाँगीले सामाजिक कार्यमा स्नातक र पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् ।

रास्वपाकै २६ वर्षीय मनीष खनाल नवलपुर–२ बाट निर्वाचित भए । उनी कानुनका स्नातक हुन् ।

२८ वर्षीय बब्लु गुप्ता पनि रास्वपाकै उम्मेदवार हुन् । उनी सिरहा–१ बाट निर्वाचित भए । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातक गरेका छन् ।

३४ वर्षका सन्तोष राजवंशी मोरङ–४ बाट विजयी भए । सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशंकर यादव चुनिएका छन् । रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव सिरहा–४ का सांसद बने । रास्वपाको महोत्तरी–२ का उम्मेदवार ३४ वर्षीय दीपककुमार साह र ३ का ३३ वर्षीय उज्ज्वलकुमार झाले पनि जित हात पारे ।

काठमाडौं–५ बाट रास्वपा उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भए । २०५२ फागुन १ गते काठमाडौंमा जन्मेका पोखरेलले कानुनमा स्नातक गरेका छन्। उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन्। उनले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहको सल्लाहकार भएर काम गरिसकेका छन् ।

मकवानपुर–२ बाट रास्वपाका २५ वर्षीय प्रशान्त उप्रेती चुनिए । २०५७ सालमा मकवानपुरमा जन्मेका उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । उनले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन् ।

गुल्मी–१ बाट निर्वाचित रास्वपाका उम्मेदवार ३४ वर्षीय सागर ढकाल पेसाले इन्जिनियर हुन् । उनी गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटाका स्थायी बासिन्दा हुन् ।
प्युठान–१ बाट ३१ निर्वाचित वर्षीय सुशान्त वैदिक र काठमाडौं–१ बाट निर्वाचित ३० वर्षीय रञ्जु न्यौपाने (दर्शना) पनि रास्वपाका उम्मेदवार हुन् ।

रास्वपाकै उम्मेदवार ३४ वर्षीय सोम शर्मा बाग्लुङ–२ बाट निर्वाचित भए। स्याङ्जा–२ बाट ३५ वर्षमुनिका झविलाल डुम्रे सांसद बने ।

सप्तरी–२ का ३० वर्षीय रामजी यादव, कैलाली–२ का २६ वर्षीय केपी खनाल, सिराहा–४ का ३३ वर्षीय तपेश्वर यादव र महोत्तरी–३ का ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए । प्युठान–१ बाट रास्वपाकै उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन् ।

मुस्ताङबाट नेपाली कांग्रेसका ३२ वर्षीय योगेश गौचन थकाली र जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय