काठमाडौं– झन्डै आधा दर्जन बाँदरलाई पासोमा पारेर तड्पाई तड्पाई मारेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनी ताप्लेजुंगको पाथिभरा याङवरक गाउँपालिका–२ बस्ने २१ वर्षीय संयोग हेम्ब्या हुन् । उनको स्थायी घर भने पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिहपुर भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
केही दिनअघि सामाजिक सञ्जालमा बाँदरलाई तड्पाउँदै कुकुरले टोकाएर मारेको भिडियो भाइरल भएको थियो ।
भिडियोमा पासोमा परेका बाँदरहरूमाथि कुकुर लगाएर टोकाउनुका साथै तिनलाई लौराले हानेर क्रुरतापूर्वक मारेका देखिन्छ । नेपालको प्रचलित कानुनले बाँदर मार्न निषेध गरेको छ ।









