काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामले ६ राजनीतिक पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाएको छ ।
यसपटक राष्ट्रिय पार्टीको मान्यता पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) हुन् ।
यीमध्ये प्रत्यक्षतर्फ सबैभन्दा कम सिट राष्ट्रिय प्रजातन्त्र पार्टी जितेको छ । यो पार्टीले प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको छ । श्रम संस्कृतिले प्रत्यक्षतर्फ १ सिट जितेर समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जिते पनि समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएपछि राष्ट्रिय पार्टीको मान्यता पाएको हो ।
साविकका पार्टीहरुको आकार खुम्चिँदै गएको बेला श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
संसदमा राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत कटाउनुपर्छ ।









