काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर, गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।अस्पतालमा निधन भएको हो ।
मोहनप्रसाद केही समयदेखि अस्वस्थ थिए । उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने तयारी गरिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय मोहनप्रसादका २ छोरा ३ छोरी छन् ।









