काठमाडौं– पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका दीपक खड्कालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।
खड्कालाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ ।
‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (फा ९ को उपदफा ६ सँग सम्बन्धित) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको हो ।’
सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो । उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।









