काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत सोमबार बिहानै गरेको सरप्राइज चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १२ जना चालक कारबाहीमा परेका छन् ।
उपत्यकाका विभिन्न स्थानमा गरिएको उक्त चेकिङका मापसे गरी सवारीसाधन चलाउने भाडा बस २, विद्यालय बस १, भाडा मिनी ट्रक २, भाडा सुमो १, भाडा माइक्रो १, भाडा टेम्पो १, पर्यटक भ्यान १ र निजी कार ३ गरी १२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।
उनले भने, ‘आज हामीले विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ १२ जना चालकलाई कारबाही गरेका छौं, हाम्रो अभियान निरन्तर जारी छ ।’
यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय