
काठमाडौं– शुक्रबार नेपाली बजारमा पहेंलो धातु सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८७ हजार ४०० र तेजाबी सुन तोला ८६ हजार ९५० मा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य पनि बढेर एक हजार २४० पुगेको छ । बिहीबार प्रतितोला एक हजार २१० मा कारोबार भएको थियो ।