काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गराएको बताइएको छ ।

विभागले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा उनीहरुलाई पक्रन पुर्जी लिएको हो । देउवा दम्पती अहिले देशबाहिर छन् । फागुनको तेस्रो साता उनीहरु उपचारको सिलसिलामा सिंगापुर गएपछि फर्केका छैनन् । उनीहरु सिंगापुरबाट हङकङ गएको समाचार आएको थियो ।

भदौ २३ गते तत्कालीन सरकारले प्रदर्शनकारीमाथि घातक दमन भएपछि आक्रोशित भिडले तत्कालीन सत्ता साझेदार कांग्रेसका सभापति देउवाको बूढानीलकण्डस्थित घरमा आगजनी गर्दा बिटाका बिटा स्वदेशी र विदेशी मुद्राका नोट जलेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त घटनापछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले सम्पत्ति शुद्धीकरणको आशंकमा पूर्ववर्ती सरकारका उच्च अधिकारीमाथि अनुसन्धान गरिरहेको छ । पूर्वऊर्जामन्त्री दिपक खड्कामाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय