काठमाडौं– नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ ।
शनिबार सम्पन्न कोष सञ्चालक समितिको बैठकले कुल नाफाको १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कोषले आर्थिक वर्ष ०७६–७७ को नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर सहित ८.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
केषद्वारा प्रस्तावित उक्त लाभांश नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।