काठमाडौं– सोमबार सेयर बजारले अर्को रेकर्ड बनाएको छ । झिनो अंकले बढेर बन्द भएको बजारमा नेप्से दुई हजार ६५८.७५ अंक अल टाईम हाई बिन्दुमा पुगेको छ । सोमबार सेयरबजार परिसूचक नेप्से १.०९ अंकले बढेर बन्द भएको हो ।

सोमबार २१२ कम्पनीको ७३ हजार ५ सय ९८ पटकको कारोबारमा एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयरको कारोबार हुँदा ७ अर्ब २९ करोड ६७ करोड ६० हजार बराबरको कारोबार भएको छ ।

सोमबार पनि नेपाल इन्फ्रास्टकचर बैंकको सर्वाधिक ५ हजार ६३३ पटक कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ९४ लाख ६३ हजार ८ सय २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार अपर तामाकोसीको सर्वाधिक ३४ करोड ७५ लाख ६८ हजार बराबरको कारोबार भएको छ । दोस्रोमा आइएमइ जनरल इन्स्योरेन्सको ३१ करोड ३४ लाख ९६ हजार बराबरको कारोबार भएको छ ।

सामान्य एक अंकले बढेको बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एसिया लघुवित्त, राधि विद्युत कम्पनी, वमी लघुवित्त र सानीमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

गोखार्ज फाइनान्स लिमिटेडका लगानीकर्ताले सोमबार सर्वाधिक ४.१२ प्रतिशतले घटेको छ । दोस्रोमा श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.३६ प्रतिशतले आफ्नो सेयर सम्पत्ति गुमाएका छन् ।

सोमबार १३ समूहको कारोबार भएकोमा ६ वटा समूहको परिसूचक घट्दा ७ वटा समूहको परिसूचकमा वृद्धि देखिएको छ । बजार बढेर बन्द हुने समूहमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ४.३९ प्रतिशतले बढेको छ ।

सोमबारको बजारमा घटेर बन्द हुने समूहगत परिसूचकमा बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बिमा र नीर्जीवन बिमा समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय