नयाँ दिल्ली– भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोन भाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना संक्रमित भएका थिए ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय