काठमाडौं– साताको अन्तीम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २.७४ बिन्दुले बढेर दुई हजार ६७४.३६ को मा पुगेर बन्द भएको छ ।

बुधबारको बजारमा २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार बराबरको कारोबार भयो ।

बुधबार अपर तामाकोसीको सर्वाधिक ३७ करोड १३ लाख ४४ हजार बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्टकचर बैंकको २५ करोड ५२ लाख २४ हजार बराबरको कारोबार भएको छ ।

सामान्य अंकले बढेको बजारमा ६ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ४.४२ प्रतिशतले गुमाएका छन् । त्यस्तै दोस्रोमा रसुवागढी हाइड्रो पावर कम्पनीको लगानीकर्ताले ४.१७ प्रतिशतले गुमाएका छन् ।

बिहीबारको बजारमा ७ समूहको परिसूचकमा वृद्धि देखिएको छ भने बाँकी ६ समूहको परिसूचकमा गिरावट आएको छ । बढेर बन्द हुने समूहमा वित्त समूहको परिसूचक सर्वाधिक ३.१८ प्रतिशतले बढेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक २.०९ प्रतिशतले बढेको छ । बाँकी ५ समूहको परिसूचक भने एक प्रतिशत भन्दा थोरैले बढेका छन् ।

घटेर बन्द हुने समूहमध्य अन्य समूहको परिसूचक १.०७ प्रतिशतले घटेको छ भने बाँकी ५ समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय