काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नेपाल बैंक लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स लिमिटेडको गरी एक करोड ४५ लाख सेयर सूचीकृत भएको हो ।

नेपाल बैंकको बोनस सेयर र हकप्रद सेयर गरी कुल एक करोड ३८ लाख ८४ हजार १४८.२४ कित्ता सेयर सूचीकृत भएको हो भने गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको ६ लाख ४० हजार कित्ता बोनस सेयर गरी कुल एक करोड ४५ लाख २४ हजार १४८ कित्ता सेयर सूचीकृत गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय