काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई नगद लाभांश र बोनस सेयर दुवै दिने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय