नयाँ दिल्ली– भारतमा कोरोना भाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलोपटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना संक्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितको संख्या तीव्र वृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमित एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट संक्रमितमध्ये ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।

भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि संक्रमित अवस्थामै छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिन एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय