काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्या बढेको छ । गत महिनासम्म न्यून मात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघमा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकम बढेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्बभन्दा बढीको कारोबार भएको छ ।

कनेक्ट आइपिएसमार्फत एक खर्ब १० अर्बको कारोबार

राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र डेढ खर्बभन्दा बढीको कारोबार भएको छ । माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ । गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैंकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।

गत माघमा अनलाइन (इ–कमर्स) बाट ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्सको कारोबारमा दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्सबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय