काठमाडौं– कर्णाली प्रदेशमा फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पार्टीको ओली खेमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निकासन गरेको गरेको छ ।

शुक्रबार एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले पार्टी ह्विप विपरीत मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरुकै कारण शाही नेतृत्वको प्रदेश सरकार जोगिएको थियो । शुक्रबारै बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

एमाले ओली पक्षका सांसद दानसिंह परियारका अनुसार प्रदेश संसदीय दलको बैठकले ‘एमालेको नाममा संसदमा विपक्षमा मत दिने राजनीतिक अपराधीहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने’ निर्णय गरेको हो । यी चारैजना सांसद एमालेको माधव नेपाल पक्षधर हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय