काठमाडौं– माओवादी केन्द्रबाट राष्ट्रिय सभामा मनोनीत गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पार्टीले कारबाही गरेसँगै उनको पद गुमेको छ । माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरेको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई राष्ट्रिय सभामा मनोनीत गर्ने दलको पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ ।

माओवादीले थापालाई बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनाएको थियो । सत्तारुढ एमाले र माओवादीबीचको एकचालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि थापा एमालेमा गएका थिए ।

यसअघि माओवादी केन्द्रले प्रतिनिधि सभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पार्टीबाट निष्कासित गरेको थियो । सोसँगै उनीहरुको मन्त्री पद गुमे पनि प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनः मन्त्री बनाएका छन् ।

२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाले गोलाप्रथाबाट ६ वर्षे कार्यकाल पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय