काठमाडौं– एनआइसी एसिया एक घन्टामै डिम्याट खाता खोलिदिने जनाएको छ । कम्पनीले बिहीबार एक विज्ञपित जारी गर्दै उपत्यकाबाहिरका ग्राहकले समेत अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने जनाएको छ ।

कम्पनीले एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गरी डिम्याट खाताको पहुँच आमजनतामाझ पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएको छ । पछिल्लो समय कोरोना माहमारीको दोस्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो सुनिएकोले उपत्यका बाहिरबाट अनलाइनमार्फत सहजै निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

उपत्यका बाहिरबाट समेत अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले एनआइसी एसिया अनलाइन डिम्याट सेवा उपत्यका बाहिरबाट समेत सञ्चालन गरेको उपलक्ष्यमा आगामी असार मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
अनलाइनमार्फत डिम्याट खाता खोल्न एनआइसी एसिया वेबसाइट http://www.nicasiacapital.com  वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रीतपूर्वक विवरण भरी उक्त विवरण पेस भएको १ घन्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने जनाएको छ ।

उक्त एक घन्टाभित्र सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्न स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाइनमार्फत डिम्याट खाता खोल्ने व्यक्तिले खाता सक्सेफुल्ली सबमिसन भएको मितिले १५ दिनभित्र एनआइसी एसिया क्यापिटल लिमिटेड वा आफूलाई पायक पर्ने एनआइसी एसिया बैंकको शाखा कार्यालयमा सक्कल नागरिकता लिई आफैं उपस्थित हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय