काठमाडौं– लामो समय बन्द भएर पुनः खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन निषेधाज्ञासँगै बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन वैशाख १६ गतेदेखि अनिश्चितकालका बन्द हुने जानकारी दिएको छ ।
‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ विभागका प्रवक्ता डा. लोकनाथ भुसालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।