काठमाडौं– केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार आधारभूत मूल्यमा ३.९८ प्रतिशतले बढ्ने अनुमान सार्वजनिक गरेको छ ।

विभागले चालु वर्षको पहिलो नौ महिनासम्मको तथ्यांकको अधारमा ३.९८ प्रतिशतले अर्थतन्त्रको अकार बढ्ने अनुमान गरिएको जनाएको छ ।

तर वैशाखमा राजधानी लगायत प्रमुख सहरहरुमा कोरोना संक्रमण रोक्ने उद्देश्यका साथ विभिन्न प्रतिबन्धहरु घोषणा भई अर्थिक गतिविधि प्रभावित भएकाले यो वर्ष विभागको अनुमान अनुसार प्रगति हासिल गर्न सकिने सम्भावना अत्यन्त न्यून छ ।

विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अघिल्लो आर्थिक वर्षको वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक हुने भन्दै यसअघिको अनुमान संशोधन गरेको छ ।

यसअघि विभागले फागुन तेस्रो साता राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै गत वर्षको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय