काठमाडौं– राजधानी उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार ७७ उडान मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार शुक्रबार ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहीबारको तुलनामाा यो संख्या आधाभन्दा कम हो । शनिबार यो संख्या अझ घट्ने बताइएको छ ।

शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताए । निषेधाज्ञा सुरु भएको पहिलो दिन बिहीबार विमानस्थलमा आन्तरिकतर्फ कुल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । काठमाडौंबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएको र दुई हजार ८१६ भित्रिएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय