काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा अवधिमा कर विवरण र कर दाखिला गर्न नसकिने भन्दै सोको म्याद थप गर्न आग्रह गरेको छ ।

सामान्य अवस्थामा हरेक महिनाको २५ गतेभित्र मूल्य अभिवृद्धिकर विवरण र कर दाखिला गर्नुपर्ने नियम छ । यसपालि सो समयमा मुलुकका अधिकांश सहरी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यो बेला उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेको र व्यवसायी तथा कर्मचारी कार्यालय जान सक्ने अवस्था नरहेको भन्दै चेम्बरले कर विवरण र कर रकम दाखिला गर्ने समय थपिदिन आग्रह गरेको हो ।

कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले म्याद थप गरिदिनुपर्ने चेम्बरको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय