काठमाडौं– विश्व स्वास्थ्य संगठनले चीनमा निर्मित कोभिड १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ ।
चीनको सरकारी स्वामित्वको औषधी उत्पादक कम्पनी सिनोफार्मको खोपलाई संगठनले अनुमति दिएको हो ।
उक्त खोप चीन सहित विश्वका कैयौं देशका लाखौंले लगाइसकेका छन् । गैरपश्चिमी मुलुकमा बनेको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोग अनुमति पाएको यो पहिलो पटक हो ।
कुनै पनि संक्रामक रोगविरुद्ध चीनले बनाएको खोपले विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएको पनि यो पहिलो घटना हो ।
अब सिनाफार्मले तयार गरेको खोप पनि विश्व स्वास्थ्य संगठनले गरिब देशहरुलाई खोपमा पहुँच दिन खडा गरेको कोभ्याक्स अभियानमा सामेल हुनेछ ।
विश्व स्वास्थ्य संगठनले अमेरिकी कम्पनी फाइजर बायोनटेक, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्स र मोडेर्नाको खोपलाई आपतकालीन प्रयोग अनुमति दिइसकेको छ ।