काठमाडौं– नेपाल मुद्रण उद्योग महासंघले मुद्रण व्यवसायीको आवागमनमा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै मुद्रण उद्योग र व्यवसायले पत्रपत्रिका, औषधी, खाद्य र पेय पदार्थका लेबल, स्वास्थ्य तथा जानकारीमूलक सूचना, अस्पताल तथा वित्तीय संस्थाका लागि आवश्यक मुद्रण सामग्री, विद्यालयका पाठ्यपुस्तक लगायत अत्यावश्यक कार्य गरी मानव जीवनको हरेक क्षेत्रसँग सम्बन्धित सेवा प्रदान गर्ने र विषम अवस्थामा पनि यो काम जारी राख्नुपर्ने भएकाले सहजीकरणको माग गरेको हो ।

उपत्यकाका जिल्ला प्रशासनहरुले २१ गते जारी गरेको आदेशले उपत्यकामा मुद्रण उद्योगी, व्यवसायीको सवारी आवागमन असहज भएको भन्दै महासंले सहजीकरण गरिदिन भनेको छ ।

महासंघले आफ्ना सदस्यलाई पनि कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यन्त सजगता अपनाई सरकारले तोकेको मापदण्डभित्र रहेर अत्यावश्यक सेवा मात्र प्रदान गर्न आग्रह गरेको छ ।

महासंघले यथासक्य चाँडो मुद्रण उद्योगी, व्यवसायी, कर्मचारीलाई पिसिआर परीक्षण र खोप उपलब्ध गराउन पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय