
काठमाडौं– शुक्रबारको तुलनामा शनिबार कोरोना संक्रमित थपिने संख्या घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घन्टामा मुलुकमा ८,४१८ जना संक्रमित थपिएका छन् ।
१८,३०४ जनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
अघिल्लो दिन ९,१९६ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरीमा ५३ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ३,६३२ पुगेको छ ।
यस अवधिमा अवधिमा ३,३७० जना संक्रमणमुक्त भएका छन् ।
सरकारी तथ्यांक अनुसार अहिले नेपालभरीमा ८३,४९३ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५,४७५ जना संस्थागत आइसोलेसनमा र बाँकी घरमा छन् ।
यतिबेला ७५८ जना आइसियू र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार यो २४ घन्टामा घना आवादी रहेको काठमाडौंमा २,२७० जना, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ जनामा कोरोना पुष्टि भएको छ ।