काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले भिम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक गौतम गुप्ताले भिम अस्पतालको आकस्मिक कक्षका इन्चार्ज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर, पिउने पानी लगायत सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भनेर बैंकले उक्त सामग्री उपलब्ध गराएको हो ।

महालक्ष्मीले देशभर १०३ वटा शाखामार्फत सेवा दिइरहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय