काठमाडौं– सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटले शुक्रबार आफ्नै कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।

उक्त कम्पनीको सेयर २ लाख ३४ हजार १९१ जनाले न्यू्रनतम १० कित्ता पाएका छन् भने ४ भाग्यमानीले ११/११ कित्ता पाएका छन् ।

कम्पनीको आइपिओमा १७ लाख ३३ हजार ९४९ आवेदन परेकोमा १६ लाख ८५ हजार ६ सय २७ जनाको आवेदन योग्य भएको थियो । ४ हजार ४४२ आवेदन अयोग्य भएको सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर जारी गर्ने गरी आइपिओको आवेदन खुला गरेको थियो । जसमा सर्वसाधारणले १०.५२ गुणा बढी अर्थात् २ करोड ४७ लाख ७ हजार १ सय ७ कित्ता सेयर माग भएको थियो ।

आइपिओको नतिजा मेरा सेयर, बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट तथा iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।

यो कम्पनीको आइपिओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले कुल १०० रुपैयाँ अंकित दरका कुल २५ लाख २८ हजार २३० कित्ता आइपिओ निष्कासन गरेको थियो। जसमध्ये २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय