
काठमाडौं– राजधानीको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
सोल्टी सिटीको अपार्टमेन्टमा बसोबास गर्ने रोनक अग्रवालले उक्त अपार्टमेन्टको छैठौं तलामा आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर करिब आधा घन्टा अघि आगलागी सुरु भएको अनुमान गरिएको उनले जानकारी दिए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र तीन–चारवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।