काठमाडौं– एनआइसी एसिया बंैक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआइसी एसिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।

प्रतिएकाइ मूल्य १० रुपैयाँ दरको १० करोड एकाइमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख एकाइ कोष प्रवर्द्धक एनआइसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख एकाइ निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।

यो इन्डेक्स फन्ड सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकांक रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने बताइएको छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृतमा पनि राम्रा मानिएकामध्ये ३० छानेर लगानी गरिने विज्ञप्तिमा उल्लेख छ ।

लगानी गर्ने कम्पनी छनोट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने बताइएको छ । सोही अनुसार कम्पनीको छनोट गर्दा धितोपत्रको दोस्रो बजारमा सूचीकृत सम्पूर्ण समूह उपसमूहमा समावेश भएका कम्पनीबाट समेत छनोट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेन्जमा कायम गरेको सम्पूर्ण समूह उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले यसलाई एनआइसी एसिया सेलेक्ट–३० फन्डलाई इन्डेक्स फन्ड भनिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विशेषतः सूचीकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीमा लगानी गरिने भए पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीको संख्या थपघट हुन सक्ने र निश्चित समयपछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मूल्याकंन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिने बताइएको छ ।

हाल एनआइसी एसिया क्यापिटलले दुईवटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ । साथै यसले एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गतको पाँचौं योजना एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड नामक योजना स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराइसकेको छ । उक्त योजनाको विशेषता भनेको धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन वर्गमा विभाजन गरी उक्त वर्गहरुबाट उत्कृष्ट मानिएका कम्पनी छनोट गरेर लगानी गर्ने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय