काठमाडौं– पछिल्ला हप्ताहरुमा नराम्ररी कोरोना भाइरस संक्रमणको चपेटामा परेको भारतमा कोरोना महामारी क्रमशः मत्थर हुँदै गएको संकेत मिलेको छ ।

औसत दैनिक संक्रमण दर घट्न थालेको एक हप्ता पुगेको छ भने पछिल्ला दिनमा २० प्रतिशत नमुनामा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

सक्रिय संक्रमितको संख्या पनि डेढ लाखले घटेको छ । तर मृत्युदर भने अझै चार हजारभन्दा माथि छ । अझै केही दिन मृत्युदर उच्च रहने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दैनिक संक्रमण दर घटेर सोमबार २ लाख ८१ हजारमा आइपुगेको छ । पछिल्लो २४ घन्टामा २ लाख ८१ हजार नयाँ संक्रमित थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले सोमबारको अपडेटमार्फत जानकारी गर्राको छ । यो २४ घन्टामा ४०७७ जनाको निधन भएको छ ।

आइतबार त्यहाँ ३ लाख ११ हजार नयाँ संक्रमित थपिएका थिए । पछिल्लो २४ घन्टामा २ लाख ६२ हजार ४३७ जना संक्रमणमुक्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा केही दिनअघि दैनिक संक्रमण दर ४ लाख १४ हजारसम्म उक्लेको छ । सात दिनदेखि लगातार घटिरहेको दैनिक संक्रमण दरलाई कोरोनाको दोस्रो लहर कमजोर बन्दै गएको संकेतको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय