काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्सको प्रमुख कायकारी अधिकृत (सिइओ) मा बिमा क्षेत्रका अनुभवी व्यवस्थापक सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।

खत्रीको नियुक्तिलाई नियमनकारी निकाय बिमा समितिले स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बिमा समितिसँग सैद्धान्तिक सहमति मागेको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सिइओको जिम्मेवारी दिइएको थियो । बैंगलोरबाट एमबिए गरेका खत्रीको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर