काठमाडौं– पछिल्लो समय कोरोना संक्रमणको हिसाबले विश्वकै हटस्पट बनेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर क्रमशः घटिरहेको देखिएको छ । मृत्युदर भने बढेको ताजा तथ्यांकले देखाएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ चार हजार ३२९ जना कोरोना संक्रमितको निधन भएको छ । यो हालसम्मकै उच्च मृत्युदर हो ।

पछिल्लो २४ घन्टामा त्यहाँ २ लाख ६३ हजार ५३३ जना संक्रमित थपिएका छन् । पछिल्लो समय दैनिक संक्रमितको संख्या ३ लाखभन्दा तल ओर्लेको यो लगातार दोस्रो दिन हो । सोमबार त्यहाँ २ लाख ८१ हजार नयाँ संक्रमित थपिएका थिए ।

मे ७ का दिन त्यहाँ एकै दिन ४ लाख १४ हजार १८८ जना संक्रमित थपिएका थिए । त्यसयता घट्न थालेको दैनिक संक्रमण दर अहिले उत्साहजनक बिन्दुमा ओर्लेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घट्दो संक्रमण दरले कोरोनाको दोस्रो लहर कमजोर हुन थालेको संकेत गरेको प्राप्त समाचारमा उल्लेख छ ।

भारतमा हालसम्ममा २ लाख ७८ हजार ७१९ कोरोना संक्रमितको ज्यान गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय