काठमाडौं– नेपाल राष्ट्र बैंकले कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि बैंक, वित्तीय संस्थाले धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम नगर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरको कर्जा असुली गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय