काठमाडौं– नेपाल राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकलाई काठमाडौं उपत्यकामा एक दिनमा ६ वटा शाखामात्र खोलेर सेवा दिन भनेको छ ।

केन्द्रीय बैंकले काठमाडौंमा ३, ललितपुरमा २ र भक्तपुरमा १ मात्र शाखा खोलेर सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको सूचनामा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।

मंगलबारदेखि नै लागू हुने गरी जारी गरिएको उक्त सूचना अनसार ‘ख’ वर्गका विकास बैंकले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा १–१ शाखा खोल्न पाउनेछन् । ‘ग’ वर्गका वित्त कम्पनीहरूले भने उपत्यकाका तीनवटै जिल्लामा १–१ मात्र शाखा खोल्न पाउनेछन् ।

कोरोना महामारी नियन्त्रणका लागि वैशाख १६ देखि निषेधाज्ञा गरिएपछि बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए । २५ प्रतिशत हाराहारीमा शाखा सञ्चालन गर्दा पनि भीड र चहलपहल यो कदम चालिएको बताइएको छ ।

बैंक, वित्तीय संस्थाले खुला रहने शाखाको विवरण र सम्पर्क नम्बर आफ्नो वेबसाइटमा राख्नुपर्ने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय