
नयाँ दिल्ली– भारतमा सोमबार दुई लाखभन्दा कम कोरोना संक्रमित थपिएको टाइम्स अफ इन्डियाले जनाएको छ । यस दिन मृत्यु संख्या पनि ३२६० मात्र रेकर्ड भएको प्राप्त समाचारमा उल्लेख छ ।
४० दिनपछि पहिलोपल्ट दैनिक संक्रमित संख्या २ लाखभन्दा कम भएको भएको हो भने मृत्यु संख्या २७ दिनयताकै सबैभन्दा कम हो ।
कोरोना संक्रमणको साप्ताहिक औसत पनि घटेकाले भारतमा कोरोना महामारीको दोस्रो लहर कमजोर हुँदै गएको आकलन गरिएको छ ।
सक्रिय संक्रमितको संख्या २६ भन्दा तल ओर्लेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।