काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल र आइसोलेसन केन्द्रलाई सहयोगस्वरुप ४९ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्र गरी सातवटालाई सात–सात लाख रुपैयाँका दरले सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा तीनै तहका सरकारहरुबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहल कदमीको सराहना गर्दै उनीहरुसँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरेको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय