काठमाडौं– सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था ल्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा सो जानकारी दिएका हुन् ।
यस्तो कर्जाको वार्षिक ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उक्त कर्जा उपलब्ध हुने अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।