काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि मासिक ३ हजार रहेका भत्तामा एक हजार रुपैयाँ थपिएको हो ।

आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिकको मासिक बढाएको हो । यो ३३ प्रतिशतको वृद्धि हो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१–५२ को बजेटमा पहिलो पटक बृद्धभत्ता सुरु गरेका थिए । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष थियो र मासिक भत्ता सय रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय