काठमाडौं– बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले अर्को पुनर्बिमा कम्पनीलाई अनुमति दिने निर्णय गरेको छ । समितिको आइतबारको बैठकले हिमालयन रीलाई पुनर्बिमा कम्पनी खोल्न दिने निर्णय गरेको हो ।

पुनर्बिमा कम्पनी खोल्न समितिमा पाँचवटा आवेदन परेको थियो । तीमध्ये हिमालयनलाई सहमति दिएको समितिले जनाएको छ ।

अनुमति पाएको कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर, लक्की ग्रुपका शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रपपका विवेक दुगड लगायतको लगानी रहनेछ ।

बिमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बिमा कम्पनीलाई अनुमति दिने जनाउँदै दरखास्त आह्वान गरेको थियो । जसमा पाँच कम्पनीको आवेदन परेको थियो । हिमालयनसहित प्रुडेन्सियल री, अन्नपूर्ण री, काठमाडौं री र जेन्युन रीले आवेदन दर्ता गरेका थिए ।

समितिले गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो । समितिले उक्त आह्वान अघि आएका प्रस्ताव रद्द गरी नयाँ पुनः आह्वान गरेको थियो ।

अहिले नेपालमा एउटा मात्रै पुनर्बिमा कम्पनी छ । सरकारको ४४ प्रतिशत लगानी रहेको नेपाल पुनर्बिमा कम्पनी ६ वर्षअघि खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय