काठमाडौं– सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीको सेयर लकिङ पिरियड लागू भएको छ । त्यसअनुसार कम्पनीका संस्थापक र कर्मचारीले सिइडिबी हाइड्रोपावरको सेयर ३ वर्षसम्म किनबेच गर्न नपाइने भएको हो ।

कम्पनीको सेयर २०७८ वैशाख ३१ गते बाँडफाँड भएको उल्लेख गर्दै त्यसअनुसार २०८१ वैशाख ३० गतेपछि मात्रै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर खरिदबिक्री गर्न सकिने जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय