काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ ।

बैंकले ७५ करोड रुपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ निष्कासन गर्न लागेको हो । असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ । वार्षिक नौ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिएकाइ एक हजार रुपैयाँमा किन्न पाइनेछ ।

कुल निष्कासन हुने सात लाख ५० हजार एकाइमध्ये चार लाख ५० हजार एकाइ व्यक्तिगत तवरबाट र तीन लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका एकाइमध्ये पाँच प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको र नागरिक लगानी कोषसँग डिबेन्चर प्रत्याभूतिसम्बन्धी सम्झौता भइसकेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय