काठमाडौं– अहिले ज्यादै सीमित संख्यामा खुलेका बैंक शाखा भोलि (असार १ गते) देखि आवश्यकता अनुसार खोल्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गरिएको जानकारी दिएको छ । ती सूचनामार्फत ज्यादै सीमित शाखाबाट मात्र सेवा दिन भनिएको थियो । जस अनुसार पछिल्लो समय काठमाडौं जिल्लामा एउटा क वर्गको बैंकले तीनवटा शाखा मात्र खोल्न पाउँथे ।

सीमित शाखा मात्र खोल्न दिँदा ग्राहकको भीड बढ्न गएको हुँदा स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनीकरणको आवश्यक उपाय अबलम्वन गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय