काठमाडौं– प्रहरी अधिकारीहरुलाई सित्तैमा बर्गर नदिँदा पाकिस्तानको एउटा फास्ट फुड रेस्टुराँका १९ कर्मचारीलाई हिरासतमा लिइएको छ ।

एक साता अघिको घटनामा पाकिस्तानको लाहोरस्थित चेन रेस्टुराँ जोन्नी एन्ड जुग्नुका कर्मचारीलाई प्रहरीले शनिबार हिरासतमा लिएका हुन् ।

‘हाम्रो रेस्टुरेन्टमा यस्तो घटना घटेको यो पहिलोपटक होइन,’ बर्गर चेन जोन्नी एन्ड जुग्नुले जारी गरेको विज्ञप्तिमा भनिएो छ । उक्त घटनामा संलग्न नौ प्रहरी अधिकारीलाई निलम्बन गरिएको बिबिसीले सार्वजनिक गरेको समाचारमा उल्लेख छ ।

प्रान्तीय प्रहरीका वरिष्ठ अधिकारी इनाम घानीले ट्विटरमा ती प्रहरी अधिकारीलाई निलम्बन गरेको उललेख गरेका छन् । उनले पाकिस्तानमा कसैलाई पनि कानुन हातमा लिने अधिकार नभएको र अन्याय सहन नसकिने बताएका छन् । ‘घटनामा संलग्नलाई दण्डित गरिनेछ,’ उनले ट्विरमा लेखेका छन् ।

फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा जोन्नी एन्ड जुग्नुले दुई दिनअघि प्रहरी अधिकारीहरुको एउटा समूह रेस्टुरेन्टमा आएको र सित्तैमा बर्गर मागेको जनाएको छ ।

उनीहरुले सित्तैमा बर्गर मागेको र त्यसलाई अस्वीकार गरेपछि ती प्रहरी अधिकारीहरु धम्की दिएर फर्केको विज्ञप्तिमा उल्लेख छ । अर्को दिन उनीहरु आएर रेस्टुरेन्टका कर्मचारीलाई दुःख दिने र बिनाआधार पक्राउ गर्न थाले ।

‘जुन ११ मा केही प्रहरी अधिकारीहरु हाम्रो रेस्टुरेन्टमा आएर कुनै कारण नै नदेखाई मेनेजरलाई हिरासतमा लिए । पछि उनीहरुले भान्छाका कर्मचारी र अन्य कामदारलाई समेत पक्रेर पूरै शाखा खालि गरिदिए,’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले भान्छा बन्द पनि गर्न नदिई कर्मचारी लगेको रेस्टुरेन्टको भनाइ छ । ‘भाँडोमा खानेकुरा पाकिरहेको थियो, ग्राहकहरु आफूले मगाएको खाना पर्खिरहेका थिए,’ विज्ञप्तिमा भनिएको छ । रेस्टुरेन्टका कर्मचारीलाई सात घन्टासम्म हिरासतमा राखेर दुःख दिइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय