काठमाडौं– धितोपत्रको दोस्रो बजारमा नेपाल स्टक एक्सचेन्जमा सोमबार कारोबारमा आएका प्रायः सबै कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्ममा नेप्से परिसूचक ७४.७२ बिन्दुले ओरालो लागेको छ ।

सोमबारको बजारमा सबैभन्दा धेरै जोशी हाइड्रोका लगानीकर्ताले ९.८६ प्रतिशतले आफ्नो सेयर सम्पत्ति गुमाएका छन् ।

त्यसैगरी, युनियन हाइड्रो पावर ९.३३, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स ९.८२, मल्टिपर्पोज फाइनान्स ९.ट घलेम्दी हाइड्रोपावर ९.१५ प्रतिशतले सेयर सम्पत्ति गुमाएका छन् ।

नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको भन्दै नामावलीसहित सार्वजनिक सूचना गरेपछि सुरु भएको सेयर बजारमा ओरालो लाग्ने क्रम सोमबार पनि जारी रहँदा कारोबारमा आएका अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय