बाँके– बाँकेको खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम सुरु गरेको छ । पहिलो चरणअन्तर्गत जग्गा संरक्षणका लागि ९२ लाखको लागतमा तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणको काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार, औद्योगिक ग्रामसम्म १२ मिटर चौडाइ भएको स्तरीय ग्राभेल सडक पनि बनाउन लागिएको छ । औद्योगिक ग्रामको काम अब निरन्तर अगाडि बढ्छ । सरकारले ल्याएको एक गाउँपालिका एक औद्योगिक ग्रामको अवधारणा अनुरुप सो परियोजना अगाडि बढाइएको हो ।

खजुरा गाउँपालिका—६, उढरापुर पुरैनीस्थित २१ बिघा सरकारी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गौरवको योजनाका रुपमा लिएर औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा एक गाउँपालिका एक औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभरबाट ३२ पालिका छनोट गर्दा पहिलो चरणका ६ वटा गाउँपालिकामा खजुरा परेको हो । औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभर २६ नगरपालिका र ६ गाउँपालिका छनोट भएको थियो । बाँकेमा खजुरा गाउँपालिका मात्र औद्योगिक ग्राम निर्माण लागि छनोटमा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय