लन्डन– युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।

संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार संकेत गरेको छ । संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्ड लगायत केही खोप लगाएकालाई भने विश्वास गर्न नसकिने जनाएको हो ।

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ ।

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिए युरोपमा कोरोना भाइरसको संक्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ ।

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगितामा फेरि आशंका उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय